Friday, October 24, 2025

प्रहरीद्वारा चाइनिज पेस्तोलसहित एकजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको ललितपुरबाट एक जना व्यक्ति चाईनिज पेस्तोल र नगद रकमसहित पक्राउ परेका छन् ।
पक्राउ पर्ने मानिस खोटाङ साकेला गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौंको ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिकलाई प्रहरीले पक्राउ गरेका छन् । मापसे गरेर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले खानतलास गर्दा कम्बरमा भिरेको मनी व्यागमा ५००००४९१ नम्बरको चाइनिज पेस्तोल (म्याग्जिनसहित) फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले चार लाख ७८ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles