
वीरगञ्ज, ७ कार्तिक। सशस्त्र प्रहरी पर्साले तस्करीका समान रु.६,२४,०५०,बराबरको मोटरसाईकल सहित सामानहरु बरामद गरि भन्सार दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलिले जिल्ला पर्सा बिन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभाठ्ठा स्थित भारतबाट अबैधरुपमा भन्सार छली एक जना व्यक्तिले टाउँकोमा बोकी नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु.२,७६,३४०,बराबरको कपडा बरामद गरी आवश्यक कारवाहीको पर्साका बीरगंज भन्सार कार्यालयमा बुझएको सशस्त्र प्रहरीले जनाएको छ ।
साथै सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले जिल्ला पर्सा धोविनी गा.पा.-१ जानकीटोला स्थित भारतबाट अबैध रुपमा भन्सार छली मो.सा.मा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.७३,५००।- बराबरको किराना र कस्मेटिक सामानहरु छाडी मो.सा.लिई व्यक्ति भागि गएको हुँदा उक्त सामान बरामद गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
यस्तै, मिति २०८२ साल कार्तिक ७ गते सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–३ झौवा क्षेत्रमा नेपालबाट भारततर्फ मो.सा.मा लोड गरी लैजाँदै गरेको रु. ४,२१० बराबरको स्याउ र सो कार्यमा प्रयोग भएको रु. २,७०,००० बराबरको मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, पर्साले निकट भविष्यमा पनि यस्ता अवैध गतिविधिहरू रोकथामका लागि निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ ।


