Tuesday, October 28, 2025

प्रहरी जवान हत्या आरोपमा थप दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

समग्रमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको जनाइएको छ ।
जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् ।

सिसिटिभी फुटेजको आधारमा श्रेष्ठ र तामाङलाई थापामाथि कुटपिट गरेको तथा प्रहरी बृत्त महाराजगञ्जमा ढुङगामुढा र आगजनि गरेको आरोपमा पक्राउ गरेको हो ।उनीहरु दुबैलाई प्रहरीले सुकेधारा क्षेत्रबाट सोमबार साँझ नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

जेनजी आन्दोलनको क्रममा जवान थापासँगै महाराजगञ्ज वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो । प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।६ जनामाथि अनुसन्धान जारी छ भने अहिले थप दुई जना पक्राउ परेसँगै अब प्रहरी हिरासतमा ८ जना पुगेका छन् । समग्रमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ।सबै लाई प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles