Saturday, November 1, 2025

सर्लाहीको बलरा मधुवनि नाकाबाट भैरहेको छ तस्करी:-

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्लाका बलरा नाकाबाट हालै तस्करीका घटना तीव्र रूपमा बढ्दै गएका छन्। स्थानीय बासिन्दा र व्यवसायीहरूका अनुसार केही स्थानमा तस्करीमा संलग्न समूहहरूले राज्यका सुरक्षाकर्मीहरूसँग मिलेमतो तस्करी गरेको आशंका व्यक्त गरेका छन्।

विशेषगरी सशस्त्र प्रहरीले सीमाक्षेत्रमा तस्करी गतिविधिलाई नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पाएको भए पनि, केही घटनामा उनीहरूले तस्करीलाई संरक्षण दिएको आरोप लागेको छ।
जेनजी आन्दोलनका कारण आएको वर्तमान सरकार ले दैनिक प्रशासन पनि राम्रोसँग चलाउन सकिरहेको छैन भन्ने आरोप जेनजीहरूले नै लगाउने गर्छन् । काम चलाउ सरकार भएको मौका छोपी अहिले तराईका भारतसंग सीमा जोडिएका जिल्लाबाट तस्करी धन्दा व्यापक मात्रामा मौलाई रहेको छ ।

केही दिन देखि बलराको नाकाबाट व्यापक तस्करी भैरहेको छ ।
मियाँ,यादव, सिंह,सद्दाम, र जयसवाल तस्करहरूले कपडा ,कस्मेटिक, अकरोट, काजु, चिनी,जीरा, लगायतका सामानहरुको ठूलो कारोवार गरिरहेका छन् । तस्करी भैरहेको सम्वन्धमा सशस्त्र प्रहरी बलको बिओपी मधुवनीका प्रमुख सशस्त्र प्रहरी निरीक्षकलाई जानकारी दिए पनि उनले तस्करीको सामान वरामद गरेनन् । यो क्षेत्र स्थित प्रहरी चाैकी बलरा रहेको छ, र सशस्त्र प्रहरी बलको बिओपी मधुबनी पर्दछ । उक्त प्रहरी चाैकीका प्रमुख र बिओपीका प्रमुख समेत स्थानीयहरुले जानकारी गराएको स्थानीय बासिन्दा सामु जयसवालले बताउँछन् । तर पनि तस्करीको सामान पक्राउ परेन । उल्टो तस्करी सामानको लैजादै गरेका तस्करको स्कटिङ गरे झै सशस्त्र प्रहरीले हेरेर बसेको देखिन्छन् । तस्कर कारोवारीहरूले सेटिङ मिलाएर तस्करी गरिरहेका छन् ।

तस्करीका कारण सरकारी राजस्वमा ठूलो नोक्सानी पुगेको र बजारमा अवैध वस्तुको कारोबार बढेको गुनासो गरेका छन्। उनीहरूले सुरक्षातर्फ राज्यको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि कडा कारबाही गर्न माग गरेका छन्।
स्रोतहरूका अनुसार भारतबाट आउने अवैध सामानहरू — जस्तै कपडा र मोबाइल सामग्री — बिना रोकटोक भित्र्याइने गरेको छ। स्थानीयहरूले आरोप लगाएका छन् कि सशस्त्र प्रहरीका केही अधिकारी र जवानहरू आर्थिक लाभको लोभमा तस्करहरूसँग मिलेर यस्तो कार्यलाई सहज बनाइरहेका छन्।

यस विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायहरूले छानबिन समिति गठन गर्नुपर्ने माग बढ्दो छ । यदि यस्ता आरोपहरू प्रमाणित भए भने, यो केवल सुरक्षातन्त्रप्रति जनताको विश्वास घटाउने कार्य मात्र होइन, कानूनी शासन र सीमाको सुरक्षामा पनि गम्भीर प्रश्न उठ्ने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles