Saturday, November 1, 2025

जगदम्बा स्टिल उद्योगको बिजुलीका लाइन काटियो:-

ताजा / भरखरै प्राप्त

जगदम्बा स्टिलको बिजुली लाइन काटिएको छ, बक्यौता रकम नबुझाउँदा प्राधिकरणले कडाइका साथ साथै बिजुलीको लाइन काटेको हो ।

नेपाल विद्युत प्राधिकरणले बक्यौता महसुल नबुझाउने उद्योगमाथि कडाइ गर्दै जगदम्बा स्टिलको बिजुली लाइन काटेको जनाएको छ ।

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीका अनुसार, अशोक स्टिलले बुझाउनुपर्ने १७ करोड ५८ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ बुझाइसकेको छ। प्राधिकरणको सञ्चालक समितिबाट तय गरिएको २८ किस्तामा भुक्तानी गर्ने सहमतिअनुसार तीन उद्योगले पहिलो किस्ताको रकम बुझाइसकेका छन्।

तर, जगदम्बा स्टिलले सम्पर्क नै नगरी बक्यौता रकम नबुझाएपछि कात्तिक ४ गते बिहान प्राधिकरणले उक्त उद्योगको विद्युत् लाइन काटेको प्रमुख रुपाखेतीले जानकारी दिएका छन् ।

उनका अनुसार, जगदम्बा स्टिलले ३५ मेगावाट विद्युत् माग गरेको भए पनि हाल ११ हजार केभीको प्रसारण लाइनबाट भट्टी सञ्चालन गर्न सम्भव छैन । उनले भने, “अहिलको अवस्थामा ११ हजार केभीको लाइनबाट उद्योगका जम्मा १० प्रतिशत मात्र प्लान्ट सञ्चालन गर्न सकिन्छ।”

प्राधिकरणका अनुसार, २८ किस्तामा बुझाउने सहमतिका अनुसार पहिलो किस्ताबापत करिब ५ करोड ७५ लाख रुपैयाँ बुझाउनुपर्ने भए पनि जगदम्बा स्टिलले अहिलेसम्म कुनै रकम बुझाएको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles