Saturday, April 25, 2026

सरोज शर्माको हत्याका आरोपमा प्रहरीद्वारा दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
सरोज शर्माको सब झापा गाउँपालिका र बारादशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको छ । केही दिन अघिदेखि बेपत्ता बनेका उनको कार चाराली जङ्गलमा जलेको अवस्थामा फेला परेको थियो।
शर्मा बेपत्ता बनेदेखि नै खोजीकार्य तीव्र बनाएको प्रहरीले उनको कार जल्दै गरेको अवस्थामा फेला पारेको थियो भने शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो, प्रहरीले खवर पाए लगत्तै घटना स्थानमा पुगेर पुल मुनि जमिनमा गाडिएको सब निकालेको छ ।

शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको जनाइएको छ ।
दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी जलेको दुई दिनपछि बिरिङ पुलमुनी शव भेटिएपछि घटनालाई हत्या भएको आशंका गरिएको छ।
शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। झन्डै सात दिनपछि उनको शव फेला परेको हो।
घरबाट निस्केपछि जिल्लाका विभिन्न बजारमा शर्मा घुमेको सिसिटिभी फुटेज फेला परेको छ। उनी अन्तिम पटक सुरुङामा देखिएको फुटेज प्रहरीको फन्दामा परेको बताइएको छ।
काठमाडौंमा बस्दै आएका शर्माको सेन्लटस कम्पनीको उक्त गाडी कसले र किन जलाएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन। दशैंमा घर आएका शर्मा छठ पर्व मनाएर काठमाडौं फर्कने तयारीमा थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles