Monday, November 24, 2025

मेयर सिंहको उपस्थितिमा हरियो,आकर्षक सहर’अभियान जारी:-

ताजा / भरखरै प्राप्त

पर्साका बीरगंज महानगरपालिका कार्यालय, र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियान सञ्चालन गरिएको जनाइएको छ ।

बीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको यस अभियानको उपस्थिति नगर प्रमुख मेयर राजेशमान सिंहले गरेका छन् ।

अभियानको उद्देश्य बीरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकास गर्नु रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, बीरगंज भन्सार कार्यालयका सशस्त्रका डिएसपी पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरी बलका जवानहरू, नगर प्रहरी, महानगरपालिकाका पदाधिकारीहरू, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles