तनहुँका बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


