Tuesday, April 28, 2026

निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सीमा पर्साका नाका बन्द:-

ताजा / भरखरै प्राप्त

भारतको बिहार राज्यमा यही मङ्सिर २५ गते (नोभेम्बर ११)मा हुने गइरहेको विधानसभाका उपनिर्वाचनलाई दृष्टिगत गर्दै नेपाल–भारत पर्साका सिमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको जनाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का उपमहानिरीक्षक (डीआईजी) सुरेश सुब्रमनियमले दिएको जानकारीअनुसार, औपचारिक रूपमा सीमा कार्तिक २३ गते (नोभेम्बर ९) देखि बन्द गरिने योजना भए तापनि आजै कार्तिक २२ गते (नोभेम्बर ८) बिहानदेखि नै अधिकांश सीमाक्षेत्रका नाकाहरू बन्द गरिएको जनाएका छन् ।
बीरगञ्ज–रक्सौल मुख्य नाकासँगै पनटोका, आदपुर मुसहरवस, सहदेवा महदेवा, बलरामपुर, भिस्वा, सिक्टा, इनर्वा र भिखमपुरजस्ता साना नाका समेत आज बिहानैदेखि पूर्ण रूपमा बन्द गरिएको सीमाक्षेत्रका स्थानीय अधिकारीहरूले जनाएका छन्।
सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भारतीय एसएसबीले संयुक्त रूपमा निगरानी बढाएका छन् । सीमा क्षेत्रमा अनावश्यक ओहोरदोहोर रोक लगाइएको छ, भने अत्यावश्यक कार्यका लागि मात्र आवागमन गर्न अनुमति दिइएको छ ।
भारतको गृह मन्त्रालयले बिहारमा हुने उपनिर्वाचनको अवधिमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी तथा मतदाताको ओहोरदोहोर रोकथाम गर्न सीमा सिल गर्न निर्देशन दिएको थियो। त्यसअनुसार भारततर्फका सुरक्षाकर्मीहरूले सीमा क्षेत्रमा कडाइ गरेका छन् भने नेपालतर्फ पनि प्रहरी प्रशासन र सुरक्षानेत्री संस्थाहरू सतर्क छन् ।
सीमा बन्दका कारण दुवै देशका सीमावर्ती बासिन्दाहरूको दैनिक आवतजावत, साना व्यापारीहरूको कारोबार र रोगीहरूलाई उपचारका लागि जाने आउनमा असुविधा भएको छ । यद्यपि सुरक्षाका दृष्टिले यस कदमलाई आवश्यक मानिएको छ ।
स्थानीय प्रशासनका अनुसार निर्वाचन सम्पन्न भएपछि पुनः सीमा पूर्ववत् रूपमा खुला गरिने जनाका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles