

सुनसरी सशस्त्र प्रहरीले सुनसरीकाे इनरूवा नगरपालिका वडा नम्बर ७ चाँदबेलाबाट स्कारपियाे सहित १५३ किलो गाँजा बरामद गरेकाे छ । नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार ४-५ वटा माेटरसाइकलमा रहेका व्यक्तिकाे समूहले स्कारपियाेलाई स्कटिङ गरेकाे सूचनाका आधारमा सशस्त्र प्रहरी टाेलीले निगरानीमा राखेकाे थियाे । सशस्त्र प्रहरीका अनुसार चेकजाँचकाे क्रममा बिओेपी साहेबगञ्जकाे टाेलीले शंका लागि राेक्न खाेज्दा एक व्यक्ति माेटरसाइकल छाडेर भागेका थिए । तत्कालै स्कारपियाे राेकेर चेकजाँच गरिएकाे थियाे । साे क्रममा गाडीमा लुकाइएकाे गाँजा फेला पारिएकाे हाे । नम्बर ४ गणका अनुसार चाँदेबलाका आदित्य चाैधरी चालक सहित बा १५ च २१७३ नम्बरको स्कारपियाेे र काे २७ प ८३३१ नम्बरकाे पल्सर नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी सुनसरीले जनाएका छन् ।


