Saturday, May 16, 2026

हुण्डी कारोबारीहरुको विरुद्ध आक्रमक: प्रहरीद्वारा धमाधम हुन्डी पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणको हुण्डी रकमसहित एक जनलाई पक्राउ गरेको छ । पर्सा जिल्लाका पकाहामैनपुर गाउँपालिका–१ धोरे चेकपोस्टमा खटिएको प्रहरी टोलिले १५ लाख रुपैयाँ नगदसहित अवधेश पटेललाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार चेकजाँचका क्रममा BR22AF4126 नम्बरको मोटरसाइकलमा सवार पकाहामैनपुर–१ का ३४ वर्षीय अवधेश पटेललाई शंकास्पद अवस्थामा रोकेर तलासी गर्दा सो रकम फेला परेको हो।

प्रहरीले मोटरसाइकलको लेगगार्डमा राखिएको पंकज मसला लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा विभिन्न दरका नोट फेला पारेको पर्साका प्रहरी प्रमुखले जनाएको छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले केही दिनअघि मात्र पनि १५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ गरेको थियो । पर्सा प्रहरीले हुन्डी कारोबारी विरुद्ध अभियान नै चलाएको पर्साका प्रहरी प्रमुख (एसपी) पाठकले जानकारी दिएका छन्।

पर्सा प्रहरीले बरामद गरेको रकम विवरणः रु १,००० दरका नोट — ७,००,००० रु ५०० दरका नोट ३,२०० थान — १६,००,००० रु २०० दरका नोट २,६६५ थान — ५,३३,००० रु १०० दरका नोट ४२ थान — ४,२०० रु ५० दरका नोट ७० थान — ३,५०० जम्मा बरामद रकम: रु १५,०४,७०० रहेको पर्सा प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles