Saturday, May 16, 2026

नवीन राईमाथी खुकुरी प्रहार गर्ने राजिव वैद्य प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

मोरङको विराटनगर–१२ मा विहे भोजका क्रममा युवकमाथि खुकुरी प्रहार गर्ने व्यक्ति मोरङ प्रहरीले घटना भएको २ घण्टा नबित्दै पक्राउ गरेको मोरङका प्रहरीले बताउँछन् ।
निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा विराटनगर–८ का ३७ वर्षीय नवीन राईमाथि खुकुरी प्रहार गरेको थियो।
फरार रहेका विराटनगर–८ कै राजिव वैद्यलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि जिल्ला तथा वडा प्रहरी कार्यालयबाट व्यापक रूपमा प्रहरी परिचालन भएको थियो।मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार राईको अवस्था खतरामुक्त रहेको जनाएको छ, र उनलाई घाँटीमा सामान्य चोट लागेको बताइएको छ। पक्राउ परेका वैद्यमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिने जनाएको छ।
राई र वैद्यबीच पुरानो रिसिइबी रहे–नरहेकोबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles