Tuesday, February 3, 2026

भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो ।

ताजा / भरखरै प्राप्त

मूल्य घटेसँगै यसअघि १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य अब १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४५ रुपैयाँ (दोस्रो वर्ष) र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ ।

हवाई इन्धनमा भने प्रति लिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकोले आन्तरिकतर्फ प्रति लिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्‍याइएको निगमले जनाएको छ ।

पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles