





जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ “पुर्ण व्यवसायिक तवरले कार्य सम्पादन गरी लैङ्गिक हिंसा न्यूनीकरण एवं लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन, उल्लेखनिय योगदान तथा प्रेरणादायी भूमिकाको” कदर गर्दै देशभरीका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये तृतीय स्थान हासिल गरी नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्की ज्यूबाट नेपाल प्रहरी प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मिति २०८२ मंसिर १४ गते आयोजित विशेष समारोहमा प्रशंसापत्र तथा नगद पुरस्कार प्राप्त गर्न सफल हुनु भएकोमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्री लालध्वज सुवेदीज्यूबाट समेत बधाई तथा शुभकामना प्रदान गरियो जनाइएको छ ।


