
बुटवलको नयाँगाउँमा पैसा लेनदेनको विषयलाई लिएर विवाद चर्किएपछि घरमै पुगेर आक्रमणको प्रयास भएको घटना सार्वजनिक भएको समाजिक संजालमा देखिएको छ ।
दुबै महिलाबीच रकम लेनदेनको विषयमा झगडा हुँदा एक महिलाले हातमा ह्यामर लिएर आंगनमा राखिएको स्कुटर तोडफोड गरेकी छिन् ।
उनले घरको ढोका फोरेर आक्रमण गर्ने प्रयास समेत गरेकी थिइन् । सार्वजनिक भएको भिडियोमा दुबै महिलाले एक–अर्कामाथि पैसा र सुन खाएको आरोप लगाएकी छिन् ।


