




पर्सा,२० मंसिर ।
सशस्त्र प्रहरी बल,नेपाल पर्सा द्वारा ४० लाख बराबरको सवारी साधन सहित सामानहरु भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलिले जिल्ला पर्सा बिरगंज महानगरपालिका – २१ परवानिपुरबाट भारतबाट अवैध रुपमा मधेश प्रदेश ०३-००,च. ८४९२ नम्बरको टाटा योधामा मु.रु. १,४०,०००, बाराबरको २ वटा लैनो भैसी लोड गरी जितपुरतर्फ लैजादै गरेको अवस्थामा गाडि सहित नियन्त्रणमा लिई उक्त गाडिको मु.रु२२,००,०००, कायम गरी बिरगंजमा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी जनाएको छ।
२०८२, मंसिर १८, गते, सशस्त्र प्रहरी बल, नेपाल सिमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलिले जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका- २ बाट भारतबाट अवैध रुपमा भन्सार छलि २ वटा ई-लोडरले मु.रु. २०००००, बराबरको १० वटा नया ब्याट्री बदली गरि ल्याएको अवस्थामा फेला परेको हुदा सो ई-लोडर नियन्त्रणमा लिई रु.६०००००, मुल्याकन गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्रले जनाएको छ।
बिभिन्न मितिमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. ६,६८,३००,बराबरको बिभिन्न सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पर्साका बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।
मंसिर ९ गते, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. ड्राईपोर्टबाट खटिएको टोलिले जिल्ला पर्सा बिरगंज महानगरपालिका-२५ बहुअरीबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.१,३१,०८५बराबरको मोटरसाइकलसहित किराना सामान र सोही मितिमा सीमा सुरक्षा गुल्म बीरगंजबाट खटीएको अर्को टोलिले जिल्ला पर्सा बिरगंज महानगरपालिका-१६ रेल्वेरोडबाट रु .४९,३००,बराबरको जुता चप्पल र कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।
मंसिर २० गते, जिल्ला पर्सा सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुर मातहत FOB आश्वारी बाट खटिगएको टोलिलाई देखि भारतबाट अबैध रुपमा भन्सार छली १ जना ब्यक्तिले मोटरसाइकलमा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको रु.२०,०००, २० रोल नेटको तार बरामद गरी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा बिरगंजका
सशस्त्र प्रहरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)
बिश्वराज योन्जनले जानकारी दिनुभएको छन् ।


