Monday, April 27, 2026

सुनसरी प्रहरीद्वारा स्रोत नखुलेको १५ लाख नगदसहित दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुरबाट प्रहरीले स्रोत नखुलेको नगद सहित दुई जनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–२ घर भएका २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई छन् ।

पक्राउ परेका साथबाट १५ लाख ३४ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको प्रदेश–०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो रकम फेला पारेको हो । घटनाबारे अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles