Sunday, February 1, 2026

प्रहरी जवान आधारभूत तालिम १२-७ औं समूहको समारोह सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा २०८१/१०/२७ गतेदेखि मिति २०८२/०९/११ गतेसम्म सञ्चालित प्रहरी जवान आधारभूत तालिम १२-७ औं समूहको दिक्षान्त समारोह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक श्रीमान् प्र.ना.म.नि. दिपेन्द्र जि.सी. ज्यूको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमका बिच समापन भएको छ। उक्त समारोहमा प्रशिक्षार्थी प्रहरी जवानहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै उक्त तालिमका तालिम संयोजक प्र.ना.उ. भरत लामा ज्यूले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । उक्त समारोहमा प्रमुख अतिथि ज्यूले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरु तथा प्रशिक्षकहरुलाई पुरस्कार तथा प्रशंसा-पत्र वितरण गरी दीक्षान्त भई कार्यक्षेत्र प्रवेश गर्न लाग्नु भएका प्रहरी जवान लगाएत उपस्थित सम्पुर्ण प्रहरी अधिकृत तथा जवानलाई समय सान्दर्भिक अमुल्य निर्देशन सम्बोधन गर्नुभएको थियो ।
पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी जवानहरुमा सर्वप्रथम र अध्ययन प्रथम प्र.ज दिपेन्द्र सुनार, सर्वद्वित्तीय प्र.ज.दिपेश यादव, सर्वतृत्तीय रचमान चौधरी , कवाज प्रथम प्र.ज. गणेश बहादुर राना , प्रहरी युक्ति तथा कारवाही चरण प्रथम प्र.ज. करण भलामी, मस्केट्री तथा चाँदमारी प्रथम प्र.ज. डेग बहादुर धर्तीमगर र शारीरिक व्यायाममा प्रथम प्र.ज. प्रशान्त चौधरी रहेका छन् भने प्रशिक्षकमा प्र.नि. सन्देश वि.क., प्र.ना.नि. प्रकाश चौधरी,प्र.व.ह. बिनोद परियार , प्र.स.ह. कर्ण बहादुर शाही र प्र.ज. कुमार सुनार रहेका छन्। साथै प्रशंसा पत्र प्राप्त गर्ने प्रहरी कर्मचारी प्र.ना.नि. सोनम गुरुङ ,प्र.ज. ईश्वरी पाण्डे र प्र.ज. गणेश नेपाली रहेका छन् ।
यस महाविद्यालयका प्राचार्य प्र.ब.उ.श्रीमान् अनुपम शमशेर ज.ब.रा. ज्यूले दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई शब्दोच्चारण सहित सपथ ग्रहण गराई प्रमुख अतिथि, अतिथिहरु लगायत उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै दीक्षित भई कार्यक्षेत्र प्रवेश गर्न लाग्नु भएका प्रहरी जवानहरुलाई पेशागत सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो।
नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी जवानहरुलाई आ-आफ्ना अभिभावकद्वारा दर्ज्यानी चिन्ह सु-शोभन समेत गरिएको थियो ।
दीक्षान्त समारोहका तस्विरहरू

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles