सिन्धुली जिल्लामा पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सिन्धुलीको कमलामाई-८ माइस्थान स्थित बीपी राजमार्गमा माइस्थानबाट जनकपुर तर्फ जाँदै गरेको म.प्र.०४-००१ च ०१५२ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रकमा सवार १५ जना घाइते भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन् ।घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


