
मकवानपुरको भीमफेदीमा भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
जुरिखेतमा आइतबार साँझ सुमो दुर्घटनामा परी सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । सोही दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको मृत्यु भएको बताएको छ । घाइतेहरुको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार मृतकहरूको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते थप ३ जनाको उपचार भइरहेको जनाइएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटनामा परेको थियो ।
सुमोमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक गरी ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।


