Sunday, May 31, 2026

सशस्त्र प्रहरी बल सिरहाद्वारा लागु औषध गाँजा ४१ केजी बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपालले सिरहाको नवराजपुरबाट ४१ किलो गाँजा बरामद गरेको हो, परालको कुनिउमा लुकाइएको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको छन् ।
​सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी सिरहाले जनाको छ ।
शनिबार राति नवराजपुर गाउँपालिका-१ स्थित तमासुईया गाउँको एक खेतमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारेको हो । सशस्त्र प्रहरीले ​विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको हो । सशस्त्र प्रहरीका अनुसार, खेतमा रहेको परालको कुनिउभित्र दुई वटा बोरामा लुकाई छिपाई राखिएको अवस्थामा ४१ किलो ५०० ग्राम उक्त गाँजा फेला परेको बताउँछन् । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेश कुमार खड्काको नेतृत्वमा रहेको टोलीलाई दिएको निर्देशन अनुसार सशस्त्र प्रहरी नायव निरीक्षक सई. राम अयोध्या महतोको कमाण्डमा ७ जनाको गस्ती टोली शनिबार राति करिब ८ बजे घटनास्थल पुगेको थियो । टोलीले शंकास्पद स्थानमा खानतलासी गर्दा उक्त अवैध गाँजा फेला पारेको सशस्त्रले जानकारी दिएको छ । ​बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि थप अनुसन्धानका लागि (आइतबार) इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाइएको सशस्त्र प्रहरीका डीएसपीले जानकारी दिएको छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles