





काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को एक विशेष समारोहबीच शुभारम्भ गरिएको जनाइएको छ । सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको जनाइएको छ । आज शनिबार बिहान काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो । जनचेतनामूलक नारा र प्लेकार्ड कार्यक्रममा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थी र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो ।


