Sunday, February 1, 2026

ऐलानी जग्गा कब्जा गरेर सतलोकल आश्रम बनाएको भन्दै विवाद उग्र:-

ताजा / भरखरै प्राप्त

जनकपुर–ढल्केवर सडक खण्ड तनावग्रस्त बनेको जनाइएको छ।

धनुषा जिल्लाको मिथिला नगरपालिका–२ स्थित सुकजोर क्षेत्रमा
सन्त रामपाल आश्रम अगाडि भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले १६ सेल अश्रुग्यास प्रहार गरेका छन् ।झडपमा घाइते हुने सबै स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ७ सेल र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको हो । “भीड उग्र बन्दै गएपछि अवस्था नियन्त्रणका लागि अश्रुग्यास प्रयोग गर्नुपर्‍यो,” डीएसपी बमले जानकारी दिए ।

प्रहरीका अनुसार सुकजोर क्षेत्रमा रहेको जग्गा अतिक्रमणको विषयलाई लिएर स्थानीयवासी र सम्बन्धित पक्षबीच विवाद हुँदै आएको थियो । आइतबार सोही विषयमा प्रदर्शन हुँदा झडप भएको हो ।

झडपपछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्के सडक खण्ड अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा केही समय सवारी आवागमन प्रभावित भएको थियो । सुरक्षाकर्मीको पहलपछि सडक आंशिक रूपमा सुचारु गरिएको प्रहरीले जनाएको छ ।

यसैक्रममा सखुवा महेन्द्रनगरस्थित औरही पुल नजिक स्थानीयहरूको एक समूहले एउटा एम्बुलेन्समाथि तोडफोड गरेको छ । एम्बुलेन्समा तोडफोड हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।घटनापछि सुकजोर, सन्त रामपाल आश्रम आसपास र जनकपुर–ढल्के सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थप झडप हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ ।
प्रहरी प्रशासनले विवादको विषयमा थप अनुसन्धान भइरहेको र शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा रहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles