जिल्ला चितवन ।
सशस्त्र प्रहरी बल, नेपालका नायव निरीक्षक अजीत कुमार झाले विपत व्यवस्थापन सम्बन्धी तालिममा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनद्वारा सञ्चालन गरिएको सि. अ. जु अ तथा अन्य दर्जा तालिम मा सहभागीहरूमध्ये झा नायव निरीक्षक झाले सर्वोत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान हासिल गरेका छन् ।
उक्त तालिमको सुरु मिति २०८२/०५/०८ गते र समापन मिति २०८२,०९,२८ गते, भएको थियो, तालिम अवधिभर प्राविधिक ज्ञान, व्यवहारिक सीप तथा अनुशासनमा उत्कृष्ट प्रदर्शन गरेबापत उनलाई प्रथम पुरस्कार प्रदान गरिएको सशस्त्रले जनाएको छ ।


नायव निरीक्षक झा हाल सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर, महोत्तरी मा कार्यरत रहेको छन् । उनले प्राप्त गरेको यो उपलब्धिले व्यक्तिगत रूपमा मात्र नभई सशस्त्र प्रहरी बलको व्यावसायिक दक्षता र प्राविधिक क्षमतामा थप सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ।
कार्यक्रम आयोजकले तालिमबाट प्राप्त सीपले सेवामा थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता व्यावसायिक तथा प्राविधिक तालिमहरू निरन्तर सञ्चालन गरिने सशस्त्रका उच्चअधिकारीले बताउँछन् ।


