Sunday, May 31, 2026

पर्सा प्रहरीद्वारा १०७ मुद्दा दर्ता, ७९ जना प्रतिवादीहरुलाई पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयहरूले आर्थिक वर्ष २०८२ को पुष महिनामा अपराध अनुसन्धान, नियन्त्रण तथा फैसला कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् ।
पर्सा प्रहरीका अनुसार पुष महिनामा जिल्लाभर कुल १०७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको जनाएको छन् ।
तीमध्ये २६ वटा जघन्य तथा गम्भीर अपराध, ६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित मुद्दा तथा २१ वटा आर्थिक अपराध रहेका छन् ।

अपराध अनुसन्धानको क्रममा चालु मुद्दामा संलग्न ७९ जना प्रतिवादी पक्राउ परेका छन्” र पक्राउ पर्नेहरूमा ७८ जना पुरुष र १ जना महिला रहेका जनाएको छन् ।
यसले फरार प्रतिवादी नियन्त्रण तथा कानून कार्यान्वयनमा पर्साका प्रहरी सक्रिय रहेको देखिएको छ।

फैसला कार्यान्वयनतर्फ पर्सा प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको छन् । अदालतबाट फैसला भइसकेका मुद्दामा ५७ जना प्रतिवादी पक्राउ गरिएको जनाइएको छ । उनीहरूबाट रु. ९७ हजार ६१४ जरिवाना असुल गरिएको छ, भने ५ वर्ष १ महिना २१ दिन कैद सजाय कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस अवधिमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कुनै पनि मुद्दा दर्ता नभएको पर्सा प्रहरीले स्पष्ट गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक संरक्षणतर्फ पनि प्रहरीको सचेत देखिएको छ । ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरी तथा घरेलु हिंसाका निवेदनहरूलाई प्राथमिकताका साथ हेर्ने नीति अनुरूप आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले आगामी दिनमा पनि अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा, तथा पीडितमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles