Monday, January 26, 2026

प्रतिनिधिसभा निर्वाचनमा देशभर २९२५ जनाको उम्मेदवारी:-

ताजा / भरखरै प्राप्त

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीअन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिला उम्मेदवार ३ सय ३६ र पुरुष उम्मेदवार २ हजार ५ सय ८९ रहेको जानकारी दिए ।

समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ। यो विवरण प्रारम्भिक भएकाले अन्तिम संख्यामा केही थपघट हुन सक्ने सचिव राउतले बताए।निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उजुरीउपर जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।
सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles