Thursday, February 26, 2026

खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह:-

ताजा / भरखरै प्राप्त

खाना पकाउने ग्यासको आभाव देखिएपछि, अनुगमन गर्दै छ, निगम विभाग ।

ग्यास अभावको मुख्य कारण आपूर्तिमा समस्या भएको निष्कर्ष,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको ग्यासको अभावको मुख्य कारण आपूर्तिमा समस्या रहेको निष्कर्ष निकालेको छ । बजारमा ग्यासको कमी देखिएपछि विभागले विभिन्न ग्यास डिलरहरूमा दैनिक रूपमा अनुगमन गर्दै आएको जनाएको छ ।


अनुगमनमा संलग्न एक अधिकारीका अनुसार हाल बजारको मागअनुसार ग्यास आपूर्ति हुन सकेको छैन । उनका अनुसार करिब ३३ प्रतिशत माग बराबरको ग्यास आपूर्ति हुन नसकेको अवस्था छ । यता नेपाल आयल निगमले भने समग्र रूपमा ग्यासको अभाव नरहेको दाबी गरेको छ । निगमका अनुसार केही साता अघि नेपाल ग्यास उद्योगभित्र आन्तरिक विवाद सिर्जना हुँदा आपूर्ति प्रभावित भएको हो ।
नेपाल ग्यासले काठमाडौं उपत्यकामा मासिक करिब २ हजार ३ सय मेट्रिक टन ग्यास बिक्री गर्दै आएको थियो । तर आन्तरिक समस्याका कारण केही साता अघि मासिक २ हजार मेट्रिक टन मात्रै ग्यास आयात गरियो । त्यसैका कारण नेपाल ग्यासले आफ्ना उपभोक्तालाई मागअनुसार ग्यास उपलब्ध गराउन सकेन । यसपछि सामाजिक सञ्जालमा ग्यास अभाव भएको भन्ने हल्ला फैलियो । केही उपभोक्ता सिलिन्डर बोकेर डिलरहरूसामु लाइनमा उभिन थाले भने सञ्चार माध्यमहरूमा पनि ग्यास संकटसम्बन्धी समाचार प्रकाशित हुन थाले । हल्लाका कारण अन्य ग्यास उद्योगका ग्राहकहरूले पनि आफूसँग भएका सबै खाली सिलिन्डर भरेर भण्डारण गर्न थालेको नेपाल आयल निगमले जनाएको छ । यसले गर्दा दैनिक मागभन्दा करिब पाँच गुणा बढी माग बढ्न पुग्यो र त्यसले बजारमा कृत्रिम रूपमा ग्यासको अभाव सिर्जना भयो ।
नेपाल आयल निगमले उपभोक्तालाई हल्लामा नलाग्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles