Thursday, February 26, 2026

रामेछापमा बस दुर्घटना घटनास्थल र अस्पतालमा गरी १२ जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाटमा हिजो बिहान बा प्र ००१-०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायातको बस दुर्घटना हुँदा ज्यान गुमाउने १२ जनामध्ये गाडी साउ दीपेश बस्नेत पनि एक रहेको छ। काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको उक्त बस तामाकोसी नदीमा खसेको थियो। दीपेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप, लिखु तामाकोसी गाउँपालिकाका संगठन विभाग प्रमुख समेत थिए।

करिब एक वर्षअघि कतारको वैदेशिक रोजगारीबाट फर्किएका दीपेशले ६ महिनाअघि मात्रै सोही दुर्घट नाग्रस्त बस किनेका थिए। बसका धनी समेत रहेका उनी आज सोही बसमा सवार भई काठमाडौँबाट ओखलढुंगा जाँदै गर्दा दुर्घटनामा परेका छन् । काठमाडौँमा बसोबास गर्दै आएका ३४ वर्षीय दीपेशका बुवा, आमा, श्रीमती, १३ वर्षीय एक छोरी र १० वर्षीय एक छोरा छन्।

दुर्घ’टनामा परेर ज्या’न गुमाउने दीपेश राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रामेछापको लिखु तामाकोसी गाउँ’पालिकाको संगठन विभाग प्रमुख रहेको थिए।
वैदेशिक रोजगारीका लागि कतार गएर एक वर्षअघि मात्रै फर्किएका दीपेश उक्त बसका धनी समेत रहेको रास्वपा जिल्ला निर्वाचन क्षेत्रीय समितिका सदस्य रमित मानन्धरले जान’कारी दिए। उनका अनुसार दीपेशले ६ महिना’अघि मात्रै उक्त बस किनेका थिए।

‘बस चालक र सह’चालक अरु नै राखेका थिए,’ मानन्धरले नेपालखबरसँग भने, ‘कहिले’काहीँ बसमा हिँड्ने गरेका थिए। आज पनि प्यासेन्जर लिएर ओखलढुंगा जान लागेका रैछन्। रामेछाप बजार कट्ने बित्तिकै यस्तो घट’ना घट्यो।’
दीपेश रास्वपाका अनुशासित कार्य’कर्ता रहेको मानन्धर बताउँछन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles