Saturday, May 30, 2026

नेपालमा विदेशी नम्बर प्लेटका सवारी साधनमाथि कडाई:-

ताजा / भरखरै प्राप्त

ट्राफिक प्रहरी कार्यालयले नयाँ नियम लागू भएको जानकारी दिएको छ। ‘भन्सार महसुल ऐन २०८१’ र ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ अनुसार अब नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनले दैनिक भन्सार शुल्क तिर्नुपर्नेछ।मोटरसाइकल तथा स्कुटरका लागि दैनिक २०० रुपैयाँ, तीन पाङ्ग्रे सवारीका लागि ४०० रुपैयाँ र कार, जिप तथा भ्यानका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ। यस्ता सवारी साधनले एक आर्थिक वर्षमा बढीमा ३० दिन मात्र नेपालमा सञ्चालन गर्न पाउनेछन्।
निर्धारित समयभन्दा बढी सवारी सञ्चालन गरेमा कडा जरिवाना लाग्नेछ। मोटरसाइकल र स्कुटरका लागि दैनिक १,२०० रुपैयाँ तथा अन्य सवारी साधनका लागि दैनिक २,५०० रुपैयाँ जरिवाना तोकिएको जनाइएको छ।

भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा सर्वदलीय दलहरूले कडा विरोध जनाएका छन्।आज जिल्लामा सम्पन्न सर्वदलीय बैठकले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको हो।बैठकले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको बेटी–रोटीको सम्बन्धमा यस निर्णयले प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ। सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन, सामाजिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै निर्णय सच्याउनुपर्नेमा जोड दिइएको छ।सर्वदलीय प्रेस विज्ञप्तिमा विगतदेखि सर्लाहीका स्थानीयले भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा आवतजावत गर्दै आएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा नियोजित रूपमा यस्तो सेवा बन्द गर्न खोजेको आरोप लगाइएको छ।साथै, बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने मानसिकताप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ।

प्रेस विज्ञप्तिमार्फत जिल्ला प्रशासन कार्यालयलाई भारतीय नम्बर प्लेटका सवारी साधनलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आग्रह गरिएको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दलहरूले दिएका छन्।उक्त विज्ञप्तिमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोले हस्ताक्षर गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles