काठमाडौँको तारकेश्वरमा सवारी दुर्घटना हुँदा ट्राफिक प्रहरी निरीक्षक अभय लामा घाइते भएका छन् । मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घाइते भएका लामाको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रामेछाप घर भएका उनी ड्युटी सकेर आइतबार राति फुटुङस्थित डेरामा जाँदै थिए । बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएपछि उनी घाइते भएका छन् ।

नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको जनाइएको छ । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएको प्रहरीको स्रोतले जनाएको छ ।
घाइते भएका इन्सपेक्टर लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत रहेका छन् । रामेछाप घर भएका उनी तार्केश्वरक-७ फुटुङ बस्दै आएका थिए ।लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।
प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।


