सशस्त्र प्रहरी बल,नेपाल पर्साद्वारा दशगजा सीमामा रहेको खुल्ला मदिरा पसल र टहरा हटाईएको सशस्त्र प्रहरी पर्साले जानकारी दिइको छ ।


पर्सा जिल्लाको बिन्दबासिनि गाउँपालिका वडा नं- ४ प्रसौनीभाठ्ठा र अमरपट्टीको दशगजा सिमा ईलाकामा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हे.क्वा. अलौ बाट खटिएको सशस्त्र प्रहरीको टोली, र नेपाल प्रहरी चौकी अम्मरपट्टीबाट खटएको टोली र भारत जिल्ला पुर्बिचम्पारण सिसुवा ग्राम पंचायत – १ सिसुवा भारतिय समकक्षी SSB 47 BTN C कम्पनि धुपाटोलाबाट खटीएको संयुक्त टोलिले दशगजा सीमा ईलाकामा अतिक्रमण गरि बनाएको अबैध रुपमा संचालन गरेको खुल्ला मदिरा, भट्टी पसल र बेचबिखन गर्ने टहराहरु नेपाल तर्फबाट ५ वटा टहरा, ३ वटा मदिरा पसल, तथा एक वटा मदिरा पार्ने भट्टी, र भारत तर्फबाट ३ वटा टहरा संयुक्त रुपमा हटाईएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएका छन् ।


सशस्त्र प्रहरी का सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन राज निरौलाले पनि मदिरा बेच्ने र पार्न टहराहरु हटाएको जानकारी दिनुभएका छन ।
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा ।


