Sunday, April 26, 2026

भन्सार छली गरी ल्याइँदै गरेको सामान बारा प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

बारा – इकाईका प्रहरी कार्यालय सेम्राैनगढ बाराले भन्सार छलिका समान एक लाख चालिस हजार चार सयको बराबरको तस्करीका समान नियन्त्रणमा लिएको इ.प्र.का. सेम्राैनगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले जानकारी दिएका छन् । इलाका प्रहरी प्रमुख सेम्राैनगढका साह (9855045299) को कमान्डमा खटीएको टोलीलाई देख्न साथ तस्करीका समान तस्करले फाली फरार भएको र उक्त समान प्रहरीले नियन्त्रणमा लि इ.प्र.का. सेम्राैनगढमा राखी , कानुनी प्रक्रिया पुरा गरि पर्साका बिरगञजको भन्सार बुझाएको प्रहरी निरीक्षक साहले जानकारी दिएका छन् ।

प्रहरीले बरामद गरेको समान जिल्ला बारा सेम्राैनगढ नगरपालिका–६- ७ स्थित भन्सार छली अवैध रूपमा ल्याइँदै गरेको विभिन्न किराना सामान धनियाको धुलो १ बोरा ५० केजी, अं.मूल्य २००००, बिस हजार ) जुत्ता २३ जोर” अं.मूल्य ३४,५००, चाैतिस हजार पाँच सय ) र लेडिज चप्पल २०, जोर अं.मूल्य ३६,०००, छत्तीस हजार तथा जेन्स चप्पल ४२ जोर, अं. मूल्य ८,४००, खाने तोरीको तेल ६ टिन, अं. मूल्य २१०००, हजार बिस्कुट ५ काटुन,अं. मूल्य ७,५००, अचार ४५ केजी, मूल्य ५४००, पापर तिलाैरी २० केजी, मूल्य ३६००, प्यज १००, केजी, मूल्य ४०००, हजार रहेको र जम्मा मूल्य १,४०,४००, एक लाख चालिस हजार चार सय बराबरको समान बरामद गरेको छ, र कानुनी प्रक्रिया पुरा गरि ती समानहरू बिरगंज भन्सारमा बुझाएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको शनिबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय सेम्राैनगढ बाट खटिएको प्रहरी टोलीले नियमित जाँचका क्रममा भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा विभिन्न प्रकारका जुत्ता, चप्पल, तेल, मसल, बिस्कुट, किराना सामग्री समावेश रहेको छन् , जुन कुनै पनि वैधानिक कागजातबिना नेपाल भित्र्याउन खोजिएको थियो । खुला सिमाना र सीमावर्ती बजारको गतिविधिलाई प्रयोग गर्दै यस्ता सामानहरू अवैध रूपमा भित्र्याउने क्रम बढ्दै गएको भन्दै बारा प्रहरीले निगरानी कडा पारेको जनाएको छ । सोही क्रममा गरिएको चेकजाँचका बेला शंका लागेपछि सामानहरू जाँच गर्दा भन्सार छली गरिएको पुष्टि भएको हो।

बरामद गरिएका सामानहरूको कुल मूल्य रु. १,४०, हजार ४००, सय रुपैयाँ) बराबर रहेको प्रहरीले जनाएको छ। सामानहरू कसले ल्याउँदै गरेको भन्नेबारे अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास जारी रहेको प्रहरीको भनाईं रहेको छ । घटनास्थलबाट कुनै व्यक्ति पक्राउ नपरेको प्रहरीले स्पष्ट जानकारी दिएका छन् ।

सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समय भन्सार छलीका घटनाहरू बढ्दै गएको देखिन्छ । दैनिक उपभोग्य वस्तुहरूदेखि अन्य विभिन्न सामग्रीहरू सस्तो मूल्यमा भारतबाट ल्याएर नेपालमा बेच्ने प्रवृत्ति बढ्दै जाँदा यसले राज्यको राजस्वमा असर पार्ने मात्र होइन, स्वदेशी बजारलाई समेत प्रत्यक्ष असर पार्ने गरेको छ। यसलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले समय-समयमा विशेष निगरानी र चेकजाँच अभियान सञ्चालन गर्दै आएका छन्।

प्रहरीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई समेत अवैध गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। साथै, यस्ता कार्यमा संलग्न देखिएमा कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएको छ । भन्सार छली जस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय तह, सुरक्षा निकाय र भन्सार कार्यालयबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

यसैबीच, प्रहरीले आगामी दिनमा पनि यस्ता अवैध कारोबार रोक्न नियमित रूपमा गस्ती तथा चेकजाँचलाई थप कडा बनाउने जनाएको छ। सीमाबाट हुने चोरी तस्करी रोक्न सबै पक्षको सहकार्य आवश्यक रहेको जिल्ला बारा इ.प्र.का. सेम्राैनगढका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles