सशस्त्र प्रहरी सिरहाले ठुलो मात्रामा तस्करीका समान ट्रकसहिदको पक्राउ गरेको छ । सशस्त्र प्रहरीका अनुसार मध्यरातमा बत्ती निभाएर खेतै-खेत नेपालबाट भारततर्फ जाँदै गरेको स १ ख ५३५ नम्बरको ट्रक नवराजपुरका कुख्यात तस्कर आनन्द यादवसहित २ जना चालकलाई रंगेहात पक्राउ, सिरहा सनैठा गणको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामान ट्रकसहित दुई जना तस्कर सशस्त्र प्रहरीको नियन्त्रणमा परेका छन् ।
सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ ।

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले शनिबार राति करिब चेकजाँच गर्ने क्रममा ट्रकसहित दुई जनालाई पक्राउ गरेका छन् । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाको नेतृत्वमा गएको ३५ सदस्यीय विशेष गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स: १ ख:५३५ नम्बरको ट्रक पक्राउ गरेको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादवलाई नियन्त्रणमा लिइएको हो।बरामद गरिएको सामान तथा ट्रकको अ. मूल्य करिब ४० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर पठाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी सिरहाका प्रहरी उपरीक्षकले जानकारी दिएका छन् ।


