Sunday, May 17, 2026

प्रहरी निरीक्षक भरत केसी बने २०८३,राैतहट जिल्लाको उत्कृष्ट प्रहरी :-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रौतहटले ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत केसीलाई वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार आयोजित एक विशेष कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले इन्स्पेक्टर केसीलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेका छन् ।

प्रहरी निरीक्षक केसीले ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा शान्ति–सुरक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई २०८३ साल वैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको जनाएको छ ।
उनले सञ्चालन गरेको ट्राफिक तथा संयुक्त चेकजाँच अभियानमार्फत हेल्मेट नलगाई सवारी चलाउने, आवश्यक कागजात बिना सवारी सञ्चालन गर्ने तथा भारतीय नम्बर प्लेटका कागजात बिना चलाइएका करिब १ सय २० वटा सवारी साधनमाथि कारबाही गरिएको थियो ।

त्यसैगरी वैशाख २२ गते मौलापुर–आइटी चौक क्षेत्रमा बारा हरनहिया हुँदै आएको मधेश प्रदेश ०३–०२७ प ५७५५ नम्बरको मोटरसाइकलले पैदल यात्रु महिलालाई ठक्कर दिइ गम्भीर घाइते बनाई फरार भएको घटनामा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उक्त घटनाको विशेष अनुसन्धान तथा सिसिटिभी फुटेजका आधारमा फरार रहेका चालक बारा सिम्रौनगढ नगरपालिका–३ निवासी २३ वर्षीय जाविर अन्सारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।
राैयहट जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले प्रदान गरेको छन् । प्रशंसा–पत्र पाउने इन्स्पेक्टर केसीले गरेको व्यावसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ शान्ति–सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको प्रहरी उपरीक्षकले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles