धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् ।प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘‘Eagle Raptor’ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो।दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।


