Sunday, June 28, 2026

न्युरोडका“हुण्डी डन”विनोद अग्रवाल पक्राउ,२५ लाख नगदसहित भतिज र सहयोगी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

न्युरोडका“हुण्डी डन”विनोद अग्रवाल काठमाडौं प्रहरीद्वारा पक्राउ: २५ लाख नगदसहित भतिजा र सहयोगी पनि प्रहरी परिसर काठमाडौंमाको नियन्त्रणमा, छन् । २५, लाख नगदसहित स्टाप सविन तामाङ साउ विनोद अग्रवाल र दिलीप अग्रबाल काठमाडौं प्रहरीद्वारा पक्राउ,परेका छन् , भने, हरि अग्रबाल फरार, रहेका छन् , प्रहरीको हुण्डी–तस्करीको आशंका जनाएको छ ।
काठमाडौंको निउरोड, पिपल बोट नेपाल,होम नाम गरेकोे स्टोर मोबाइल पसलमा ‘क्यास कनेक्सन’को पर्दाफास भएको छ । २५, लाख नगदसहित हरि अग्रवालका छोरा वर्ष ४४ को,दिलीप अग्रबाल साउ र स्टाप ४०, वर्षको सविन तामाङ र विनोद अग्रवाललाई काठमाडौं प्रहरीद्वारा पक्राउ, गरेका छन्” र हरि अग्रबाल फरार,रहेको प्रहरीको स्रोतले जनाएको छ, प्रहरी स्रोतका अनुसार हुण्डी–तस्करीको आशंका रहेको छ । अवैध आर्थिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाइरहेका बेला काठमाडौमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। यो,घटनाले काठमाडौं क्षेत्रमा चलिरहेको अवैध नगद कारोबार, हुण्डी नेटवर्क सँग जोडिएका आर्थिक गतिविधिप्रति पुनः प्रश्न उठाएको छ । जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौंका प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमीरे रहेको छन् । प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा तिनै जना व्यक्तिले उक्त रकमको स्पष्ट र विश्वसनीय स्रोत खुलाउन सकेनन् । त्यसपछि रकम, र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाईं छ ।

अवैध नगद कारोबार

काठमाडौंमा पछिल्लो समय हुण्डी कारोबार, तथा अवैध आर्थिक गतिविधिसँग सम्बन्धित घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन् । केही व्यक्तिहरूले नगद रकम ओसारपसार गर्ने, तस्करीको रकम व्यवस्थापन गर्ने तथा बैंकिङ प्रणालीभन्दा बाहिर कारोबार गर्ने गरेको सुरक्षा निकायको निष्कर्ष रहेको छ ।
विशेष गरी भरतबाट नेपालतर्फ ठूलो परिमाणमा नगद ल्याइने वा नेपालबाट भारततर्फ लैजाने गतिविधि राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण तथा संगठित आर्थिक अपराधसँग जोडिने भएकाले यस्ता घटनालाई गम्भीर रूपमा हेरिने गरिएको छ । सुरक्षा स्रोतका अनुसार स्रोत नखुलेको रकम बरामद हुनु केवल नगद भेटिनुको विषय मात्र होइन, त्यसको पछाडि कुनै संगठित नेटवर्क, व्यापारिक लेनदेन, हुण्डी कारोबार वा अन्य अवैध आर्थिक गतिविधि रहेको हुनसक्ने सम्भावनालाई समेत अनुसन्धानले केलाउने गर्छ।
अनुसन्धानको केन्द्रमा पैसाको स्रोत र प्रहरीले बरामद गरेको रकम कहाँबाट ल्याइएको हो, कसको हो, कुन प्रयोजनका लागि ओसारपसार भइरहेको थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ, कि छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ । कानुनी व्यवस्था अनुसार ठूलो परिमाणको नगद बोकेर हिँड्ने व्यक्तिले त्यसको वैध स्रोत पुष्टि गर्न सक्नुपर्छ । रकमको स्रोत, बैंकिङ कारोबार, व्यापारिक कागजात वा अन्य प्रमाण पेश गर्न नसकेमा सम्बन्धित व्यक्तिमाथि थप कानुनी अनुसन्धान अघि बढाइन्छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूको मोबाइल फोन, सम्पर्क सञ्जाल तथा आर्थिक कारोबारका विवरण समेत अध्ययन गरिन सक्नेछ। आवश्यक परेमा राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान तथा अन्य सम्बन्धित निकायसँग समेत समन्वय गरिने सम्भावना रहेको छ । काठमाडौं क्षेत्रमा निगरानी थप कडा यस घटनापछि काठमाडौंको क्षेत्रमा सुरक्षा सतर्कता अझ बढाइएको बताइएको छ । अवैध नगद, सुन, चाँदी, सामग्री तथा अन्य वस्तुको ओसारपसार हुने गरेको सूचनाका आधारमा निगरानी बढाइएको सुरक्षा अधिकारीहरू बताउँछन् । निउरोड क्षेत्रमा भएको पछिल्लो बरामदगीले काठमाडौं क्षेत्रमा सञ्चालन हुने अवैध आर्थिक गतिविधिमाथि प्रहरीको निगरानी प्रभावकारी बन्दै गएको संकेत दिएको छ। यद्यपि बरामद रकमको वास्तविक स्रोत र उद्देश्य खुल्न बाँकी रहेकाले अनुसन्धानको निष्कर्षले मात्र घटनाको वास्तविक तस्वीर सार्वजनिक गर्नेछ । हाल दुवै जनालाई जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौं नियन्त्रणमा रहेका छन् भने बरामद २५ लाख रुपैयाँ, तथा अन्य सामग्रीसमेत नियन्त्रणमा राखी घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles