Thursday, July 30, 2026

गृहमन्त्री सुधन गुरुङ सुनसरी जाँदै, दुवै मृतकका परिवारलाई भेट्न

ताजा / भरखरै प्राप्त

गृहमन्त्री सुधन गुरुङ आजै सुनसरी जाँदैछन् । उनले सुनसरी पुगेर सुनसरी घटनामा ज्यान गुमाएका दुवै जना व्यक्तिको परिवारलाई भेट्ने भएका छन् ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेटे छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जाने भएकी छिन् । स्वास्थमन्त्री मेहताको गृहजिल्ला रहेको बताइन्छ ।

तराईका जिल्ला सुनसरी घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको बताइएको छ । उक्त छलफलपछि गृहमन्त्री गुरुङ सुनसरी जिल्ला स्थित देवानगञ्ज गाउँपालिका – ३ स्थित कप्तानगञ्ज जादैं गरेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles