Friday, July 4, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको हो ।

ताजा / भरखरै प्राप्त

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्ने बारे बैठकमा छलफल हुनेछ ।

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथि पनि छलफल हुने उनले जानकारी दिए ।

महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईं सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्तावेजमा उल्लिखित शासकीय स्वरूप, संघीयता लगायतका विषयमा केन्द्रिय नेताहरू बीचमा नै विवाद देखा परेको छ । सो विषयमा पनि प्रारम्भिक छलफल हुने जनाइएको छ ।

राजनीति
रास्वपा
109
Shares
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonviber sharing buttonsharethis sharing button

नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
बालुवाटारमा समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक
बालुवाटारमा समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक
असार ४, २०८० सोमबार

प्रतिनिधिसभाको बैठक सुरु, ३ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुँदै
प्रतिनिधिसभाको बैठक सुरु, ३ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुँदै
असार ४, २०८० सोमबार

कोशी सरकार र पहिचानवादी बीच वार्ता सुरू
कोशी सरकार र पहिचानवादी बीच वार्ता सुरू
असार ४, २०८० सोमबार

नेपालबहस ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता

असार ३, २०८० आइतबार

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles