समाजवादी मोर्चा नेपालको घोषणा सभामा बोल्दै प्रचण्डले मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने बताएका हुन्। उनले मोर्चाले जनता र राष्ट्रको एकताको हितलाई सम्बोधन गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले क्षणिक र आवेगमा मोर्चा गठन नगरिएको बताएका हुन् ।
समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए ।
हिजोको तितो अनुभवबाट सिक्नुपर्ने भन्दै उनले भने, ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।’ हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने प्रचण्डको भनाइ छ ,!