बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित मधुबन नगरपालिका–८ लालीबजार बस्ने २१ वर्षीय अनिश थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भे.७ प ६२४८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवनको राप्ती नगरपालिका–११ आपपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने ३० वर्षीय सुदिप घलान र सोही ठाउँ बस्ने २० वर्षीय जित बहादुर थिङ रहेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रदेश २–०३–०१ प १५७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
डडेल्धुरा, अमरगढी नगतरपालिका–१ स्याउले बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित भारत पिलिभित मोहल्ला गाउँ बस्ने २४ वर्षीय मुन्ना खानलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको जिप मर्मत गर्ने कोठाबाट उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।
लागुऔषध
