Tuesday, September 16, 2025

नेकपा बहुमत पार्टीको नाममा चन्दा उठाउने दुई पक्राउ

ताजा / भरखरै प्राप्त

दाङ । दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार (हिजो) साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो ।उनीहरुले विगतदेखि नै विभिन्न ठाउामा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख राजनकुमार गौतमले बताए ।बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिउको गौतमले बताए ।
पक्राउ परेका बिक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन के.सी.लाई १० लाख चन्दा मागेका थिए ।यस्तै साउन १८ गते कपुरकोटस्थित कालिका मा.वि.का शिक्षक बामदेव अधिकारीलाई ५ लाख, साउन २७ गते तुलसीपुर–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई १ लाख, २१ चैत २०७९ मा तुलसीपुर–७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक इन्द्रबहादुर वलीलाई १ लाख रुपैयाँ उनीहरुले चन्दा माग गरेका थिए ।
उनीहरुले पत्र पठाउँदै चन्दा मग गर्ने र चन्दा माग गरेको कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्नेसमेतको चेतावनी दिने गरेको निमित्त प्रमुख गौतमले बताए ।परियार र बिकको साथबाट प्रहरीले कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ ।साभार

Previous article
Next article
सात घर आगजनी प्रकरण : प्रहरीद्वारा आरोपित सार्वजनिक, आफू गरिब भएकाले अरुको घर जलाएको वयानजुम्ला । जुम्लामा सात वटा घरसहित सवारीका साधनसमेत आगजनी गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ पर्नेमा गुठिचौर ४ उखाडि घर भई चन्दननाथ नगरपालिका – २ भण्डारीवाडा घरज्वाई वस्ने बर्ष ३० का रत्नबहादुर अधिकारी रहेका छन् ।पक्राउ परेका उनलाई आज जुम्ला प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनले गत साउन ५ र ६ गते विभिन्न स्थानका सात घर, ट्रयाक्टर र अटो रिक्सा समेत जलाएर फरार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए ।प्रहरीले अधिकारीलाई गत साउन ६ गते नै पक्राउ गरेपनि विभिन्न अनुसन्धान र वयानपछि बिहीबार मात्रै सार्वजनिक गरेको हो ।‘२०८० साउन ५ र ६ गते विहानसम्म सात वटा घर जलाइएको घटनामा रत्नबहादुर अधिकारीको संलग्नता रहेको पुष्टि भएको छ । त्यसका साथै सोही समयमा ट्रयाक्टर, अटो समेत उनले नै जलाएको खुलेको छ,’ प्रहरी उपरीक्षक कार्कीले भने ।उनका अनुसार अधिकारीले गरेको आगजनीबाट चन्दननाथ नगरपालिका – १ स्थित डुडाखोचका रतनबहादुर बुढाको ढुंगा माटोले वनेको २ तले कच्ची घर, जुम्ला गुठीचौर गाउँपालिका ४ विगारेका भिम प्रसाद जैसीको ढुंगा माटोले वनेको ३ तले कच्ची घर जलेका छन् ।त्यस्तैगरी साउन ६ गते १ बजेतिर अधिकारीले गुठिचौर गाउँपालिका ४ खल्लावाडाका लालचन्द्र सार्कीको ढुंगा माटोले वनेको २ तले कच्ची घरमा पनि आगजनी गरेर हिँडेका थिए ।त्यस्तै उनैको संलग्नतामा भएको आगलागीमा गुठिचौर गाउँपालिका वडा नम्बर ४ डाडावाँडा (क) बस्ने ५९ बर्षको कबिदत्त न्यौपानेको ढुंगा माटो जस्ताले बनेको ४ तले घरको भुईँतलामा आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, तन्ना, बार्दली र वारदलीमा क्षति भएको थियो ।त्यस्तैगरी गुठिचौर गाउँपालिका वडानम्बर ४ डाडावाँडा (ख) कविदत्त न्यौपानेको ढुगा माटो जस्ताले बनेको घर, गुठिचौर गाउँपालिका वडा नम्बर ४ कै धवलपुरस्थित खडानन्द पाण्डेको जस्ताले वनेको ३ तले घर, सोही ठाउँका प्रेम प्रसाद न्यौपानेको घर पनि अधिकारीले नै जलाएको प्रहरीको अनुसन्धानले देखाएको हो ।प्रहरीको अनुसन्धान अनुसार अधिकारीले २०८० साउन ६ गते विहान अन्दाजी ३ बजे नै विभिन्न घरमा आगजनी गर्दै गुठिचौर गाउँपालिकाको कार्यालय तर्फ जाने मुल सडक प्रयोग गरी गाउँपालिका नजिकैको फलामे पुल तरेर वडा नम्बर ५ प्रवेश गरेका थिए ।त्यसपछि उनले झारज्वाला देखि जुम्ला बजारतर्फ आउने मुलसडकबाट धिता गाउँ नजिकै सडक स्तर उन्नतिका पार्किङ गरि राखिएको लु ५ त १२४४ नम्बरको ट्रयाक्टर आगजनी गर्न पनि भ्याएका थिए ।त्यसैगरी अधिकारीलेनै २०८० साल असार २७ गते गुठीचौर निवासी कृष्णबहादुर अधिकारीको पार्किङ गरि राखिएको अटो रिक्सा अन्दाजी राति ३ बजे जलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।अधिकारीले साउन २ गते चन्दननाथ नगरपालिका १ बस्ने बर्ष ५२ को साउनेखर कामीको गुठिचौर गाउँपालिका ५ मा रहेको गाईभैसी बाँध्ने कच्ची गोठ समेत जलाएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।श्रृङखलावद्ध रुपमा घटना घटाउने रत्नप्रसाद अधिकारीलाई प्रहरीले गत साउन ६ गते पक्राउ गरेको थियो । र, सोधपुछ गर्दा घटनाहरु आफूले नै घटाएको बताएका छन् ।उनले आफू गरिब भएको र ऋण तथा उधारो माग्दासमेत नदिएकोले विभिन्न घरमा आगजनी गर्दै हिँडेको प्रहरी समक्ष वयान दिएको प्रहरीले बताएको छ ।‘साउन ६ गते अन्दाजी २२–५५ मा चन्दननाथ नगरपालिका वडा नम्बर १ रानामा मुखमा कालो माक्स, ४ फिट लामो लाठी वोकेको व्यक्तिले स्थानीय सर्वसाधारणको घरमा गई ढोका ढकढक्याई को छ घरमा ? बास पाईन्छ कि नाई भनि सोध्ने गरेको खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाईनै अपशब्द वोलेर प्रहार गर्न खोजेको हुदा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो । अनुसन्धानको क्रममा ति घटनाहरु घटाउने सवै आफु हुँ भनि रत्नबहादुर अधिकारी खुलेको जानकारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।रत्नबहादुर अधिकारी विरुद्ध जुम्ला गुठिचौर ४ निवासी कृष्णबहादुर अधिकारीले अटो रिक्सा धनी कृष्णबहादुर अधिकारीले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार रत्नप्रसाद अधिकारी नेपाली सेनामा भर्ति भइ जागिर छाडेका व्यक्ति हुन् । दानबहादुर बुढा।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles