Saturday, April 19, 2025

सशस्त्र प्रहरीमा जुनियरले सोर्स लगाउदा सशस्त्रमा बढुवा बिबादबिबादै बिबादको कारण सशस्त्र प्रहरी बलमा एसएसपीको बढुवा हुनसकेको छैन । झण्डै १४ महिना जुनियरहरूले बढुवाका लागि शक्तिकेन्द्र धाउने र महानिरीक्षक राजु अर्याल एवं बढुवा समितिका अध्यक्ष रहने गृह सचिव दिनेश भट्टराईलाई चौतर्फी दबाब दिएको कारण बढुवा हुन नसकेको खुलेको छ। प्रहरी बलमा रिक्त १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको बढुवामा बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला राजनीतिक चलखेल सुरू भएको छ । सशस्त्र प्रहरीका एसपीहरू काम छाडेर गृहमन्त्रालयमा धाउन थालेका छन् ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
चोरीमा उजुरी नपरे अभद्र व्यवहारमा मुद्दाधनुषा । धनुषामा चोरीका घटनाहरुमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ५ सय ८७ वटा चोरीका घटना भएको छ । जबकि आर्थिक वर्ष २०७८÷०७९ मा २५१ र आर्थिक वर्ष २०७७÷०७८ मा २४० वटा चोरीका घटनाहरु भएका थिए । बेरोजगारी तथा लागुऔषध दुर्व्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ । पछिल्ला वर्षहरुको तुलनमामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको हो । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ ।चोरीका घटनाहरुमा अधिकांश युवाहरु सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरु चोरीमा संलग्न रहेको पाइएको हो । अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरुको सन्तान र लागुऔषध दुर्व्यसनको कुलतमा फसेका युवाहरु आफ्नो दुर्व्यसनको ईच्छापूर्तीका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो ।चोरीका घटनाहरुमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तिब्र बनाएको छ । चोरीका घटनाहरुलाई निर्मुल पार्नका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको गौतमले बताउनुभयो ।मोटरसाइकल, साइकल, हेल्मेट, घरको सामग्री चोरी, धर्मशाला र मन्दिरमा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी लगायतका घटनाहरुमा वृद्धि हुँदै गइरहेको गुनासो बढ्न थालेपछि धनुषा प्रहरीका लागि यसलाई नियन्त्रण गर्न चुनौतिको विषय बन्दै गइरहेको छ ।गत आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको संख्या न्युन रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँले चोरीका घटनाहरु बढी देखिएपनि उजुरी कमै आउने गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०७८÷०७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७÷०७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनु परेको बताउनु भयो
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles