जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अप्ठ्यारो पर्ने भन्दै सत्ता गठबन्धनले गौर प्रकरणको छानबिनलाई थन्क्याउने निर्णय गरेपछि पीडितले आपत्ति जनाएका छन् ।
गौर प्रकरणमा तत्कालीन फोरमका कार्यकर्ताबाट माओवादी नेता कार्यकर्ताको विभत्स हत्या गरिएको थियो । २७ जनाको निर्मम ढंगले हत्या गरिएपनि प्रचण्ड नेतृत्वको सरकारले अनुसन्धान अघि बढाउने निर्णय उपेन्द्रलाई अप्ठ्यारो पर्ने भन्दै पछि हटेको हो ।
पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका प्रचण्डले सत्ता जोगाउन न्यायलाई मारेको आरोप लाग्न थालेको छ । पीडितसँग भएको सहमति अब थन्किने भएको छ ।साभार
