लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडासहित दुई जना व्यक्ति नियन्त्रणमारौतहट जिल्लाको यमुनामाई गाउँपालिका ५ ईद्रिसबाट साउन २७ गते सशस्त्र प्रहरीले करीव २१ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा र यात्रुवाहक बससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।धादिङ्ग जिल्लाको बेनिघाट रोलाङ्ग गाउँपालिका २ बस्ने २७ वर्षियराजकुमार लामा र रौतहट जिल्लाको बृन्दावन नगरपालिका ७ बस्ने २१ वर्षियमिराज अन्सारीलाई सुरक्षा वेश फतुहाले नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ५१४४ नम्बरको यात्रुवाहक बसमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउदै गरेको उल्लेखित मुल्यको लत्ताकपडासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका व्यक्ति सो गाडीको चालक तथा सहचालक रहेका छन् ।नियन्त्रणमा लिएका दुवै जनालाई बरामद लत्ताकपडा तथा बससहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।