Saturday, March 15, 2025

आफैमाथि पेट्रोल खन्याएर आगो लगाएकी पत्रकार एलिजाको मृत्यु

ताजा / भरखरै प्राप्त

सोमवार दिउँसो पेट्रोल खन्याएर आफैलाई आगो लगाएकी पोखराकी पत्रकार २५ वर्षिया रोशनी क्षेत्री (एलिजा)को मृत्यु भएको छ उनले पोखरा–८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाहको प्रयास गरेकी थिईन।जलेर घाइते भएकी उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँका उपचार नभएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको थियो। भोलिपल्ट दिउँसो उनको मृत्यु भएको हो।

चलचित्र पत्रकार संघ कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनी ७ वर्षदेखि पत्रकारितामा क्रियाशील थिईन। पत्रकारिता विषयमै स्नातकोत्तर तहमा अध्ययनरत क्षेत्रीले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन्।पोखरा–२० भलाममा २०५५ पुस २७ मा जन्मिएकी एलिजाको गत वर्षमात्र विवाह भएको थियो। उनको पेटमा शिशुसमेत हुर्किंदै गरेको बताइएको छ। उनले आत्मदाह गर्नुको कारण खुलेको छैन।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles