टीकापुर घटनामा मारिएका बालकको सालिक निर्माण गरी अनावरण गरिएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बालक टेकबहादुर साउदको सालिक बिहीबार अनावरण गरेकी हुन्।
नागरिक उन्मुक्ति पार्टीका सल्लाहकारसमेत रहेका रेशम चौधरीले कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा बालक साउदको सालिक बनाएका थिए। सालिक अनावरण कार्यक्रममा साउदका आफन्त पनि सहभागी थिए।२०७२ भदौ ७ गते थरूहटको आन्दोलनका क्रममा २ वर्षका बालक साउद र ८ जना प्रहरीको मृत्यु भएको थियो।टीकापुर घटनामा मुख्य योजनाकार भनिएका रेशम जेल बसेर गत जेठ १५ गते रिहा भएका थिए।
