Monday, March 17, 2025

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर मेयर हर्क साम्पाङ राईलाई उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिका–४ स्थित छोटी मोरङ डाँडामा रहेको स्थानीय रोशन अधिकारी र रोजिना अधिकारीले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण र कुनैकिसिमका गतिविधि नगर्न आदेश दिएको छ ।

ताजा / भरखरै प्राप्त

न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । यसअघि रोजिना अधिकारीको रिट निवदेनमाथि साउन ११ मा सोही अदालतका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले सुनुवाइ गर्दै उक्त जग्गामा अनाधिकृत रुपमा प्रवेश गर्ने र वृक्ष रोपण नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि पनि राई नगर प्रहरी बलकाे टोलीसहित भदौ ६ गते जग्गामा प्रवेश गरेर वृक्षरोपण गर्न जाँदा रोजिना दम्पत्तिले प्रतिकार गरेका थिए । वृक्षरोपण कार्य रोकिएको थियो । राईले जग्गा पालिकाको भएको दाबी गर्दै आइरहेको छ । झडपपछि रित्तो हात फिर्ता भएका राईले आफूमाथि सार्वजनिक हातपात गरेको भन्दै अधिकारी दम्पत्तिविरुछ प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि दम्पत्ति फरार छन् ।

यसबिचमा उनीहरुले जग्गामा अदालतको अन्तरिम आदेशविपरीत हस्तक्षेप गरेर वृक्षरोपण गरिएको भन्दै पुनः राई र पालिकाविरुद्ध उच्चमा पुन: रिट निवेदन दायर गराएका थिए । सोही रिटमाथि बिहीबार सुनुवाइ गर्दै अधिकारी दम्पित्तिको पक्षमा आदेश दिएको हो ।

आदेशमा अधिकारीले भोगचलन गर्दै आइरहेको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न भनिएको छ । साउन ११ मा दिएको अन्तरिम आदेशविपरीत राई आफ्नो जग्गामा जबर्जस्ती प्रवेश गरेर वृक्षरोपण गरेपछि उच्च अदालत पुगेको र अदालतले न्याय दिएको रिट निवेदक रोजिनाले बताइन् ।

यो पनि पढ्नुहोस

वृक्षरोपणमा अवरोध खेपेका मेयर हर्क साम्पाङ पुगे प्रहरीकहाँ

अदालत
काेशी प्रदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles