Saturday, April 19, 2025

सरकारले आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ ।

ताजा / भरखरै प्राप्त

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबाट संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

अब बजार अनुगमनमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुनेछन् । यसअघि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएको थियो ।

विभाग एक्लैले अनुगमनका गर्दा प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना हुने गरेको थियो । सचिव मरासिनीले जिल्ला प्रशासन कार्यालय र विभिन्न नौ विभागका प्रतिनिधिको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिए । उक्त बैठकले आगामी असोज १ गतेदेखि कम्तीमा १० टोली बजार अनुगमनमा पठाउने निर्णय गरेको छ ।

वाणिज्य सचिव नेतृत्वको समितिको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गरिएको सचिव मरासिनीको भनाइ छ । “उहाँहरुलाई बजार अनुगमन गर्न ‘म्यान्डेड’ दिइएको छ, सात सय ५३ वटै पालिकामा बजार अनुगमनको व्यवस्था मिलाइएको छ”, उनले भने ।
साधन स्रोतको सीमितताको बाबजुद पनि समन्वय र अनुगमनका कामलाई प्रभावकारी ढंगबाट अगाडि बढाइएको सचिव मरासिनीले बताए ।

“चाडपर्व लक्षित बजार अनुगमन हुन्छ, यसअघि वाणिज्य विभाग एक्लैले बजार अनुगमन गर्दै आएको थियो”, उनले भने, “अब उपभोक्तासँग सरोकार राख्ने सबै विभागका प्रतिनिधि सम्मिलित टोली बनाएर अनुगमनमा पठाइनेछ ।”

Previous article
Next article
भारतको मन्त्रिपरिषदद्वारा नेपालबाट १० हजार मेगावाट बिजुली खरीद गर्ने समझदारी स्वीकृतभारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ ।भारतले नेपालसँग भएको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको हो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो । नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसको पुष्टि गर्नुभएको हो । भारतको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा त्यो निर्णय आइसकेको छैन ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles