Saturday, April 19, 2025

अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याएको आरोपमा २ जना पक्राउ

ताजा / भरखरै प्राप्त

जनकपुरधाम । अख्तियारको कर्मचारी हौँ भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह रहेका छन् ।
उनीहरुले ७ वटा पसलमा रकम असुल गर्ने उद्देश्यले धम्की दिएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।उनीहरुले ‘हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।उनीहरुलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डीएसपी गौतमले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles