जनकपुरधाम । जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको धनुषाकम प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए ।बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




